‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’ : कुलमान घिसिङ

Sagarmatha Post
Sagarmatha Post ११ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारमा आफू मन्त्री बन्न लागेको भन्ने हल्ला गलत भएको बताएका छन्।पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुन लागेको भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। ‘तर नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’

सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको जानकारी पनि उनले गराएका छन्।

उनको पूरा भनाइ :
नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन। यस सन्दर्भमा सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रस्ट पार्दछु। हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौँ। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्राविरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्