बालेन शाहले शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने

Sagarmatha Post
Sagarmatha Post ११ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तोकिएको छ। शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिने छ। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको शपथपछि बालेन शाह २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्नेछन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो। अब रास्वपा एकल सरकारको रूपमा सञ्चालन हुँदैछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्