पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

Sagarmatha Post
Sagarmatha Post १४ चैत्र २०८२, शनिबार
1 Min Read
Aa
काठमाडौँ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट पक्राउ गरेको हो। गृहमन्त्री सुदन गुरुङले पनि पूर्वप्रधाानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको जानकारी दिएका छन्।  उनले सामाजिक सञ्जालमा प्रोमिस इस प्रोमिस भन्दै लेखेका छन्- ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्