काठमाडौँ । आज सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुने जनाएको हो । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ ।
सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आज सोमबारदेखि नै लागू हुने


प्रतिक्रिया दिनुहोस्