प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन

Sagarmatha Post
Sagarmatha Post २३ चैत्र २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रस्तावबमोजिम सो दलका सांसद गणेश पराजुली सभापति रहने गरी सबै दलका सदस्यहरू सम्मिलित समिति सर्वसम्मतिले पारित भएको हो । समितिमा डा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुम्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, डा सुलभ खरेल रहनुभएको छ ।

समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफैँ तय गर्नेछ भने समितिलाई कार्य प्रारम्भ भएको मितिले १४ दिन कार्य अवधि दिइएको छ । उक्त प्रस्तावको सीता थपलिया, गणेशसिंह ठगुन्ना, युवराज दुलाल, ध्रुवराज राई, भरत गिरी, पुष्पाकुमारी चौधरीले समर्थन गर्नुभयो । नयाँ नियमावली निर्माण नहुन्जेल २०७९ को नियमावलीअन्तर्गत सभाको कार्यसञ्चालन भइरहेको छ ।

कार्यव्यवस्था परामर्श समितिमा मनोनयन
यसैगरी, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू मनोनयन गर्नुभएको छ । सो समितिमा डा.अच्युतम् लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुम्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गङ्गालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा राम लामा र विपिनकुमार आचार्य हुनुहुन्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्