वैदेशिक रोजगारीमा जाँदा यी कागजात अनिवार्य लैजान अनुरोध

Sagarmatha Post
Sagarmatha Post २४ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रूपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ। विभागले सोमबार विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हुनुहुन्छ भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो। साथै सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्