सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

Sagarmatha Post
Sagarmatha Post २४ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ मूल्य आकाशिएपछि सरकारले इन्धनमा मितव्ययिता अपनाउने नीति अघि सारेको छ। यसका लागि सरकारले जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थको आपूर्तिबारे छललफल भएको छ। मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्। यससँगै सवारी साधानमा जोरबिजोर प्रणाली लागू गर्ने पनि तयारी भइरहेको मन्त्री रावलले जानकारी दिइन्। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै मन्त्री रावलले भनिन्, ‘आवश्यक परेमा सरकारले जोरबिजोर प्रणाली लागू गर्नेछ।’ सरकारले इन्धनको खपतमा मितव्ययिता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्