बुधबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन २.६१ अंकले घटेको बजार आज ४५.१२ अंकले बढ्दै नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ। कारोबार बन्द हुँदा कायम भएको यो स्तर दिनभरकै उच्च बिन्दु हो। आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। कुल २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै समूहका सूचकहरू हरियाली देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार समूह ०.६१ प्रतिशतले बढेका छन्। आज ६ कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ। उल्लेखनीय वृद्धि हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।
त्यसैगरी, सान्भी इनर्जी ९.२२ प्रतिशत र बन्दीपुर केबुलकार ८.१८ प्रतिशतले बढेका छन्। घट्ने कम्पनीहरूमा स्वेत गंगा हाइड्रोपावर ४.३५, माइखोला हाइड्रोपावर ३.२३ र थ्रीस्टार हाइड्रोपावर २.२८ प्रतिशतले घटेका छन्। आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर रहेका छन्।


प्रतिक्रिया दिनुहोस्