इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्कियाे

Sagarmatha Post
Sagarmatha Post २९ चैत्र २०८२, आईतवार
1 Min Read
Aa

इस्लामावाद । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली वार्ता असफल भएपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टोली अब्बास नगरस्थित होटल सेरेनामै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै वार्तामा सहमति नजुटेको पुष्टि गरेको हो।

उप राष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताउनुभएकाे छ। उहाँले आफूहरूले स्पष्ट सर्त राखेको र केही विषयमा लचकता देखाए पनि इरानी पक्षले ती स्वीकार नगरेको दाबी गर्रनुभयाे । तर कुन–कुन सर्त अस्वीकार भए भन्ने उहाँले खुलाउनुभएन। ‘हामीले आफ्ना रेड लाइन स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं भन्ने पनि भन्यौं, तर उनीहरूले स्वीकार गरेनन्,’ उहाँले भन्रनुभयाे।

वार्तालाई पूर्ण रूपमा असफल भने नगरे पनि उहााले यसलाई अन्तिम र सबैभन्दा राम्रो प्रस्तावका रूपमा प्रस्तुत गर्दै अब निर्णय इरानको हातमा रहेको बताउनुभयाे।वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुनुहुन्थ्याे। इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी हुनुहुन्थ्याे।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्