राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल निर्विरोध निर्वाचित

Sagarmatha Post
Sagarmatha Post ४ बैशाख २०८३, शुक्रबार
1 Min Read
Aa

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढकालको मात्रै मनोनयन दर्ता भएपछि शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।ढकालले बिहीबार पुरुषोत्तम शुप्रभात यादव को प्रस्ताव र श्रद्धा कुँवर को समर्थनमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति ढकालले समितिलाई दलगत सीमाभन्दा माथि उठाएर प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन्। विगतमा विभिन्न कारणले समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले अब त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाए।उनले वर्तमान सरकारलाई सघाउँदै सुशासन कायम गर्न समितिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। साथै, समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरूमाथिको छलफललाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्