रास्वपाले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ तथा विकाससम्बन्धी योजनाहरू आह्वान गर्ने तयारी

Sagarmatha Post
Sagarmatha Post ६ बैशाख २०८३, आईतवार
1 Min Read
Aa

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ तथा विकाससम्बन्धी योजनाहरू आह्वान गर्ने तयारी गरेको छ। पार्टीका सहप्रवक्ता विपिनकुमार आचार्यका अनुसार आइतबार बस्ने सचिवालय बैठकले योजना आह्वानको प्रारूप र कार्यविधि तय गर्नेछ।सरकारले आगामी जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने त्यसअघि नीति तथा कार्यक्रम ल्याइनेछ। सोही सन्दर्भमा रास्वपाले बजेट आउनुअघि नै विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाबाट योजना संकलन गर्न पहल थालेको हो।

रास्वपाको प्रारम्भिक योजनाअनुसार पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता तथा उत्पादन लगायतका क्षेत्रमा कुनै पनि व्यक्ति वा संस्थाले आफ्ना प्रस्ताव पेश गर्न सक्नेछन्। पार्टीले देश विकासमा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यले यस्तो अभ्यास सुरु गर्न लागेको जनाएको छ। यसअघि नेपालमा राजनीतिक दलहरूले सार्वजनिक रूपमा विज्ञ र योजनाका लागि खुला आह्वान गर्ने परम्परा भने कम देखिएको छ। रास्वपाका नेताहरूले यस पहलमार्फत नीति निर्माण प्रक्रियामा नयाँ सोच र व्यावहारिक प्रस्ताव समेट्ने विश्वास व्यक्त गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्