ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा दुई जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post १३ बैशाख २०८३, आईतवार
1 Min Read
Aa

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नु पूर्व नै डकुमेन्ट हेरफेर गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ई–कोन प्रालिका सेयर धनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक ४१ वर्षीय प्रकाश ढुङ्गाना रहेका छन् । अनुसन्धानका क्रममा पोखरेललाई काठमाडौँ महानगरपालिका–३२, पेप्सी कोलाबाट वैशाख १२ गते र ढुङ्गानालाई काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । ब्युरोले हालै मात्र संशोधन भएको ‘सङ्गठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत समेत उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । यही प्रकरणमा अरू केही राप्रपाका नेता बिक्रम पाण्डेलगायतका ठेकेदारहरु पनि पक्राउ परिसकेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्