संविधान संशोधनको औपचारिक गृहकार्यमा तीव्रता

Sagarmatha Post
Sagarmatha Post १५ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । सरकारले ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल आयोजना गरेको छ।

कार्यदलले हिजो संविधानविद्हरूसँग छलफल गरेको थियो। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम यो परामर्श प्रक्रिया अघि बढाएको हो। कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट सङ्कलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्