सरकारले संसद्को अधिवेशन स्थगित गरेलगत्तै दुई वटा अध्यादेश ल्याउने निर्णय

Sagarmatha Post
Sagarmatha Post १६ बैशाख २०८३, बुधबार
1 Min Read
Aa

सरकारले संसद्को अधिवेशन स्थगित गरेलगत्तै दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारबाट सिफारिस भएका अध्यादेशमाथि अध्ययन गरिरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। “सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ,” उनले भने।

यसअघि गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए।तर, पछि सरकारले विशेष कारण देखाउँदै अधिवेशन स्थगित गरेको थियो। संसद् सञ्चालन भइरहेका बेला अध्यादेश ल्याउन नमिल्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले अधिवेशन रोकेर अध्यादेशको बाटो रोजेको बुझिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्