समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने

Sagarmatha Post
Sagarmatha Post २२ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूका झण्डै ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यस्तो जानकारी दिएको हो ।समितिका सदस्य सचिव रविन ढकालका अनुसार समस्याग्रस्त सहकारीहरूको करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी रहेको छ । कार्यालयले आगामी जेठको पहिलो हप्ताबाट बचतकर्ताहरूको बचत फिर्ता गर्ने तयारी रहेको छ।

‘यसअघि नै मागदाबी गरिसकेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट सुरु गरिनेछ। विभिन्न कारणले मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि समितिले आगामी साउनको पहिलो हप्ता पुनः आवेदन दिने समय उपलब्ध गराइनेछ’, उनले भने ।समितिले बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने जनाएको छ। समितिको कोषमा रकम अभाव भएमा सरकारले विनियोजन गरेको चक्रीय कोषबाट सापटी लिएर भए पनि बचतकर्ताको रकम भुक्तानी गरिने रणनीति बनाइएको छ।

त्यस्तै, कर्जा नतिर्ने ऋणीहरूका विरुद्ध समितिले निकै आक्रामक हुने जनाएको छ । कर्जा असुलीका लागि दबाब दिन ऋणीहरूको तीनपुस्ते नामावली सार्वजनिक गर्ने समितिको तयारी छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्