सार्वजनिक संस्थानहरूको सुधार र पुनसंरचना गर्न अपरिहार्य : मन्त्री तिमिल्सिना

Sagarmatha Post
Sagarmatha Post २४ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ I सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गर्नुभयो । “आज भनेको भोलिको इतिहास हो । आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ । आफूले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरूले पनि उच्च मनोबलका साथ सक्रियता देखाउनुहोला,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्