सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष र महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Sagarmatha Post
Sagarmatha Post ७ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष तथा गोरखापत्र संस्थान को महाप्रबन्धक र प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।सरकारले आज सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदपूर्ति गर्न लागिएको जनाएको हो ।इच्छुक तथा योग्य नेपाली नागरिकले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।दरखास्त फाराम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्