टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ७ जवान बेहोस

Sagarmatha Post
Sagarmatha Post ८ जेष्ठ २०८३, शुक्रबार
1 Min Read
Aa

सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सातजना जवान बेहोस भएका छन् । शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो । ‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं लगिँदैछ । कैलालीसहित तराई-मधेशका जिल्लामा अत्यधिक गर्मी छ । तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने गरेपछि तराईका जिल्लाको जनजीव नराम्रोसँग प्रभावित भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्