बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु , दलका नेताहरूले सम्बोधन गर्ने

Sagarmatha Post
Sagarmatha Post ११ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

बागमती , बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।आजको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषय तथा आगामी अधिवेशनका प्राथमिकताबारे धारणा राख्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।प्रदेशसभाको यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकमाथिको छलफलमा केन्द्रित रहने जनाइएको छ । सरकारले आगामी वर्षका विकास योजना, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्