सीआईबीले लियाे डीडीसीको महत्तवपूर्ण कागजात नियन्त्रणमा

Sagarmatha Post
Sagarmatha Post १३ जेष्ठ २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ । पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्