‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने मन्त्री महावीर पुनको निर्णय

Sagarmatha Post
Sagarmatha Post २८ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सम्हाल्दै आएको मन्त्रालयको विधेयक बनाउने निर्णय गरेका छन् ।विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने निर्णय गरिएको मन्त्री पुनले फेसबुकमार्फत जानकारी दिए ।मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन लागेको उनको भनाइ छ । ‘यो मन्त्रालय चलाउन अरु–अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन । सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो,’ उनले फेसबुकमा लेखेका छन् ।

‘यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो,’ उनले लेखेका छन् । सरकारले साविकको ‘शिक्षा विज्ञान तथा प्रविधि’ मन्त्रालयबाट विज्ञान प्रविधि निकालेर ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन’ मन्त्रालय गठन गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्