तारकेश्वर बस्ने काठमाण्डौं १६ का नेसनल मोडेल स्कुलका प्रिन्सिपल डीएन अधिकारी मृत भेटिए, शिक्षा क्षेत्र स्तब्ध

Sagarmatha Post
Sagarmatha Post ५ असार २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, असार ५ — काठमाडौंको तारकेश्वर नगरपालिका–८, भेटघाट चोक नजिक आफ्नै निवासमा नेशनल मोडल विद्यालयका प्रिन्सिपल डीएन अधिकारी मृत अवस्थामा फेला परेका छन्।

अधिकारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याव्सन) काठमाडौं जिल्लाका कोषाध्यक्ष समेत रहेका थिए। प्रारम्भिक जानकारीअनुसार उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। घटनाको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

परिवार निकट स्रोतका अनुसार अधिकारीले केही समयअघि श्रीमती गुमाएको पीडा भोगेका थिए। तर उनको मृत्युको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।शिक्षा क्षेत्रमा मिलनसार, सहयोगी तथा सक्रिय व्यक्तित्वका रूपमा परिचित अधिकारीको निधनको खबरले विद्यालय समुदाय तथा शिक्षा क्षेत्रलाई स्तब्ध बनाएको छ। विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्