काठमाण्डौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय सभापतिमा विष्णुभक्त तिमिल्सिना उम्मेदवारी दिने तयारीमा रहेका छन् । काठमाडौं क्षेत्र नं. ६ प्रदेशसभा ‘ख’ का सभापति रहेका तिमिल्सिनालाई वर्तमान क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको प्रस्तावमा क्षेत्रीय सभापतिका लागि अघि सार्न लागिएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला काठमाडौं–६ मा क्षेत्रीय नेतृत्वलाई लिएर आन्तरिक तयारी तीव्र बनेको छ । यही क्रममा प्रदेश ‘ख’ को नेतृत्व सम्हालिरहेका तिमिल्सिनालाई क्षेत्रीय सभापतिका रूपमा अघि सार्ने तयारी भएको हो ।
तिमिल्सिना पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन् । पार्टीभित्र इमानदार र निष्ठावान नेताको छवि बनाएका तिमिल्सिना कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठनात्मक गतिविधिमा सक्रियताका कारण परिचित रहेको उनीनिकट नेताहरूको दाबी छ ।
विशेषगरी युवा पुस्तामाझ तिमिल्सिनाको राम्रो परिचय रहेको बताइएको छ । पार्टीका विभिन्न गतिविधिमा युवालाई जोड्ने, संगठनलाई चलायमान बनाउने र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको उनीनिकट नेताहरू बताउँछन् ।
हाल काठमाडौं क्षेत्र नं. ६ प्रदेशसभा ‘ख’ को सभापतिको जिम्मेवारी सम्हालिरहेका तिमिल्सिनाले अब क्षेत्रीय नेतृत्वका लागि दाबी अघि बढाउन लागेका हुन् । प्रदेश तहको संगठनात्मक अनुभवलाई क्षेत्रीय नेतृत्वमा विस्तार गर्ने उद्देश्यसहित उनलाई अघि सार्न लागिएको बताइएको छ ।
त्यसका लागि वर्तमान क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको प्रस्ताव महत्वपूर्ण मानिएको छ । खड्गीको प्रस्तावमा तिमिल्सिनालाई क्षेत्रीय सभापतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारीसँगै काठमाडौं–६ कांग्रेसभित्र आगामी नेतृत्वलाई लिएर नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ ।
क्षेत्रीय सभापतिको उम्मेदवारीका विषयमा तिमिल्सिनाको नाम औपचारिक रूपमा अघि बढेसँगै अब क्षेत्रीय प्रतिनिधिहरूको समर्थन जुटाउने प्रयाससमेत तीव्र हुने देखिएको छ । क्षेत्रीय नेतृत्वका लागि अन्य आकांक्षीहरू पनि मैदानमा आउने सम्भावना रहेकाले आगामी अधिवेशनमा काठमाडौं–६ को नेतृत्व चयन थप रोचक बन्ने देखिन्छ


प्रतिक्रिया दिनुहोस्