तारकेश्वर नगरपालिकाद्धारा एसईईमा ४ जिपीए ल्याउने विद्यार्थीलाई नगद र ल्यापटप सहित सम्मान, विद्यार्थीहरु हर्षित

Sagarmatha Post
Sagarmatha Post २ आश्विन २०८१, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । असोज २ । शिक्षा क्षेत्रमा सर्वाधीक रकम बिनियोजन गरेर देशैभरको नगरपालिकाहरुमा उत्कृष्ट बनेको तारकेश्वर नगरपालिकाले यस पटक शिक्षा क्षेत्रमा फेरी नौलो कामको सुरुवात गरेको छ । शिक्षा दिवसको अवसरमा नगरपालिकाले एसईई परिक्षामा ४ जिपिए सहित उत्रिण भएका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई यस पटक ल्यापट, नगद र प्रमाणपत्र सहित सम्मान गर्ने कामको थालनी गरेको छ ।
तारकेश्वर नगरपालिकाले २०८० सालको एसईई परिक्षामा जिपीए ४ ल्याएर उत्रिण हुने तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयका ७ जना विद्यार्थीहरुलाई नगद, ल्यापटप र प्रमाणपत्र सहित सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरपालिकाले आज धर्मस्थलीमा आयोजना गरेको विशेष कार्यक्रममा तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनले समुदायिक विद्यालयबाट जिपीए ४ सहित उत्रिण हुने विद्यार्थीलाई जनही नगद ५५ हजार, १ थान ल्यापटप र प्रमाणपत्र तथा संस्थागत विद्यालयबाट उत्रिण हुने विद्यार्थीलाई जनही नगद रु ३० हजार, १ थान ल्यापटप र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
नगरप्रमुख महर्जनले समुदायिक विद्यालय तर्फ पृथ्वी नारायण मा.वि बाट ४ जिपिए ल्याएर उत्रिण हुने स्वराज सुवेदीलाई नगद रु ५० हजार, एक थान ल्यापट र प्रमाणपत्र तथा संस्थागत विद्यालय तर्फ तेजस्वी एकेडेमीकी छात्रा अलिसा डंगोल, हिमरश्मी स्कुलका छात्राहरु आलिया रिमाल, प्रतिष्ठा केसी, रस्मिता कोइराला, प्रारम्भ वल्ड स्कुलकी छात्रा स्वीकृति उपाध्याय र न्यू ऐरा स्कुलकी छात्रा प्रनिशा श्रेष्ठ लाई जनही नगद रु ३० हजार, एक थान ल्यापट र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
तारकेश्वरको शिक्षा क्षेत्रका लागि ९ करोड भन्दा बढी रकम बिनियोज गरेको तारकेश्वर नगरपालिकाले शिक्षा दिवसको अवसरमा आयोजना आज आयोजना गरेको यस प्रकारको कार्यक्रम स्थानीय निकायहरुमै पहिलो र उत्कृष्ट कार्यक्रम रहेको बताइएको छ । स्थानीय निकायहरुले आफ्नो क्षेत्र भित्रका विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने गरेको भएपनि ल्यापटप सहितको यस्तो सम्मान सम्भबत देशैभरको पहिलो कार्यक्रम हो ।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले २०८० सालको एसईई परिक्षामा देशैभरका १८६ विद्यार्थीले जिपिए ४ ल्याँउदा तारकेश्वर नगरपालिकाबाट मात्र ७ जना विद्यार्थीले जिपिए ४ ल्याउनु शिक्षामा नगरपालिकाले गरेको लगानीको प्रतिफल रहेको बताँउदै तारकेश्वरको शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले लगानी गर्न पछि नपर्ने बताउनुभयो ।
सो अवसरमा नगरप्रमुख महर्जनले शिक्षा दिवसको अवसरमा सबैमा सुभकामना समेत व्यक्त गर्नुभयो ।
सम्मान पछि पृथ्वी नारायण मा.वि ४ जिपिए सहित उत्रिण हुने विद्यार्थी स्वराज सुवेदीले नगरपालिकाको सम्मान प्रति खुसी व्यक्त गदै आफुलाई थप जिम्मेवार बनाएको बताए ।
यस अघि तारकेश्वर नगरपालिकाको शिक्षामा एक करोडको हाराहारीमा बजेट बिनियोजन भइरहेको अवस्थामा कृष्ण हरि महर्जन नगरप्रमुखको रुपमा निर्वाचीत भएर आएसंगै तारकेश्वरको शिक्षा क्षेत्रमा ८ करोड रकम बिनियोजन गर्नुभएको थियो । चालु आर्थिक बर्षमा नगरपालिकाले शिक्षा क्षेत्रको लागि १० करोड भन्दा बढी रकम बिनियोजन गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्