काठमाण्डौं । मधेश केन्द्रित आठ दलले आगामी दिनमा सहकार्य, मोर्चालाई कसिलो बनाउन कार्यदल गठन गरेको छ । बिहीबार सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले ८ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् ।
कार्यदलले आगामी बैठकको संयोजन गर्ने, दस्तावेज लेख्नेलगायतको काममा केन्द्रित हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए । संविधान संशोधन, निर्वाचन ऐन संशोधन लगायतको विषय सरकारले अघि बढाएपछि समान विचार राख्ने दलहरु एकैठाउँमा आएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्