काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एस.ई.ई.) – २०८१ मा उत्कृष्ट सफलता हासिल गरेका तारकेश्वर नगरपालिकाका १७ जना GPA 4 ल्याउने विद्यार्थीलाई तारकेश्वर नगरपालिकाले बीच सम्मान तथा पुरस्कार वितरण गरेको छ।
उक्त कार्यक्रम २०८२ साल आषाढ २० गते तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो। नगरपालिका भित्रका विभिन्न विद्यालयहरूबाट GPA 4 ल्याउने विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै नगरप्रमुख, विद्यालय प्रतिनिधि, अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरियो।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयबाट जिपिए ४ ल्याउने विद्यार्थीहरुलाई नगद रु १ लाख, ल्यापट र प्रमाणपत्र तथा संस्थागत विद्यालयबाट जिपिए ४ ल्याउने विद्यार्थीहरुलाई नगद रु ५ हजार, ल्यापट र प्रमाणपत्र बितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विद्यार्थीहरूको मेहनत, विद्यालयको योगदान र अभिभावकहरूको सहकार्यको प्रशंसा गर्दै यस्ता सम्मानले भविष्यमा विद्यार्थीहरूलाई अझ प्रेरित गर्ने बताए। विशेष अतिथि उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले अब को भविष्य विद्यार्थीको आफ्नै हातमा भएकोले कुन बाटोमा जाने भन्ने निर्णय गर्नु पर्ने बताइन्। त्यस्तै अतिथि प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीले ठोस रिजल्ट दिँदै गएको र आउने आ.बा. मा विशेष बजेटको व्यवस्था मिलाएको जानकारी दिए। कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले पनि विद्यार्थी हरुलाई स्वागत गरेका थिए। विद्यार्थी सँग आफ्ना अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।
४ जी.पी.ए. ल्याउने विद्यार्थीहरूको विवरण यसप्रकार छ:


१. कालीदेवी माध्यामिक विद्यालय (२ जना):
प्रणिता ओझा
दिपेन्द्र आचार्य
२. नर्थ प्वाइन्ट एकेडेमी (२ जना):
निश्चल गिरी
युनाइटेड स्कलर्स एकेडेमी — प्रतिमा तामाङ
३. लालिगुराँस नेशनल एकेडेमी (२ जना):
सौरभ रिजाल
समृद्धि रिजाल
४. शुभकामना इङलिस बोर्डिङ स्कुल (७ जना):
सोयता गुरुङ
विनायक शर्मा
सोफिया सैयद
समिश्रण तामाङ
अञ्जली थापा
आयुशा राई
सदिक्षा भट्टराई
५. कौशल इङलिस बोर्डिङ स्कुल (२ जना):
सुचन बस्नेत
विजय कुमार शाह
६. प्रारम्भ वर्ल्ड स्कुल (२ जना):
प्रतिज्ञा तामाङ
दिपेश गौतम



नगरपालिकाले भविष्यमा समेत यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्