तारकेश्वर नगरपालिकाको सहयोगमा असार २६ देखि खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने

Sagarmatha Post
Sagarmatha Post १३ असार २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको सहयोगमा असार २६ गते देखि खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा र तारकेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल तेक्वान्दो संघ बागमति प्रदेशको प्राविधिक सहयोगमा २०८२ असार २६ देखि २८ गते सम्म प्रतियोगिता हुनेछ ।
तारकेश्वरमा हुन गइरहेको खुल्ला लिग तेक्वान्दो प्रतियोगिताको नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलन जिल्ला समन्वय समितीका प्रमुख सन्तोष बुढाथोकीको अध्यक्षतामा र नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा उप प्रमुख सृजना बुर्लाकोटी अर्याल, नगर खेलकुद समितिका संयोजक बिक्रम खड्की र सम्पुर्ण खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो ।

May be an image of 1 person and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्