अवकाश पछि चापाकोटका भण्डारीको रहरलाग्दो फूलखेती: १० लाख आम्दानी गर्ने लक्ष्य

Sagarmatha Post
Sagarmatha Post ३० आश्विन २०८२, बिहीबार
2 Min Read
Aa
स्याङ्जाको चापाकोट नगरपालिका -१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले यतिबेला करिब तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीबाट मनग्गे आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ। विशेषगरी हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गरी रोपिएका सयपत्री (मैरीगोल्ड) फूलहरू यतिबेला फुलेर खेतबारी नै पहेँलपुर बनेको छ।
शिक्षण पेसाबाट गत असार महिनामा मात्रै अवकाश (रिटायर्ड) लिनुभएका भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्ता गरि विगत ४ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएको छ । शिक्षण पेसाबाट फुर्सद पाउनुभएपछि उहाँले अब पूर्ण रूपमा यसै खेतीमा आफ्नो ध्यान केन्द्रित गर्नुभएको छ।May be an image of flowerMay be an image of flower
शिक्षण पेसाबाट निवृत्त भएपछि पनि कृषि पेसामा सक्रिय भण्डारीले आफ्नो खेतबारीमा म्यारीगोल्ड कर्मा ५५५ जातको फूलको बिरुवाहरू लगाएर उत्पादन गर्नुभएको छ। यस खेतीमा उहाँलाई आफ्नै दुई छोराले प्राविधिक सहयोग गर्दै आउनुभएको छ, जसले गर्दा खेती थप व्यवस्थित र सफल बन्न सहयोग पुगेको छ।
तिहारको सिजनमा मात्रै २५ सय केजि फूल विक्री गरि यस वर्ष भण्डारीले आफ्नो फूलखेतीबाट १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो । गतवर्ष उहाँले फूल विक्री गरेर करिब ५ लाख आम्दानी गर्नु भएको थियो ।
दशैँ तिहारको विचमा २८० रुपैयाँ प्रतिकेजी विक्री गरेको र तिहारको समयमा फूल प्रतिकिलो ३०० रुपैयाँ को दरले विक्री गर्ने उहाँले बताउनुभयो । फूलको माग र बजारलाई हेर्दा, उहाँले तिहार सकिएपछि पनि आगामी माघ महिनासम्म फूल बेच्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्