रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु,१० जना गम्भीर घाइते

Sagarmatha Post
Sagarmatha Post ८ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १० जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ।तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्। यस्तै, अन्य १० जना घाइतेहरुकाे उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार जिप सडकबाट ७ सय मिटर तल खसेकाे छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्