सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

Sagarmatha Post
Sagarmatha Post ८ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उहाँले सरकार संवादका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भन्नुभयो । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनुभएन । कहीँ कतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भन्नुभयो । बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उहाँले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताउनुभयो ।रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्