चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको यात्रुबाहक बस ठोक्किएको थियो । ट्रकमा ठोक्किएको बससँग जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस ठोक्किएको थियो ।
ट्रकसँग ठोक्किएर अनियन्त्रित भएपछि अर्को बसले पनि ठक्कर दिएपछि सुरूवातमा ठोक्किएको बस सडकमा पल्टिएको थियो। सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी ३३ जना घाइते भएका हुन् । दुर्घटनापछि सशस्त्रको नेपाल नं १७ गण चितवनबाट खटिएको सुरक्षा फौजले घाइतेहरूलाई उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्याएको थियो ।
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए । दुर्घटना भई पल्टिएको बसलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो । दुर्घटनापछि अवरूद्ध भएको सडक बिहान २:५५ बजेबाट सडक एकतर्फी सुचारु गराइएको थियो


प्रतिक्रिया दिनुहोस्