रबिन थपलिया । काठमाण्डौं । चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको बास्केट बल खेल सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त खेलको जुनियर व्याईज र जुनियर गल्स दुवैको उपाधी लालिगुराँस नेश्नल एकेडेमीले जितेको छ ।
प्रतियोगिताको जुनियर व्याईज अन्तर्गतको खेलमा एन्जल्स हार्ट मा.वि उपबिजेता सहित रजत पदक जित्न सफल भयो भने तेजस्वी र हिमरश्मीले कास्य पदकमा चित्त बुझाए ।
त्यस्तै जुनियर गल्स तर्फ हिमरश्मी स्कुलले रजत पदक जित्यो भने ल्याण्डमार्क र सिद्धार्थ मोडल स्कुलले कास्य पदकमा चित्त बुझाए ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एन्जल्स हार्ट सेकेन्डरी स्कुलको खेल मैदानमा यहि मंसिर १४ गते देखि सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो । दुई स्वर्ण दुई रजत र दुई कास्य पदक सहित कुल ६ पदकका लागि भएको उक्त प्रतियोगितामा जुनियर व्याईज तर्फ १६ टिम र गल्स तर्फ १७ टिमको सहभागीता रहेको बास्केट बल प्रतियोगिताका खेल संयोजक धन बहादुर पुनले जानकारी दिनुभयो ।
बिजेता टिमलाई आज एन्जल्सहार्ट सेकेन्डरी स्कुलमा आज आयोजीत विशेष समारोहका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी र तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष एबं एन्जल्स हार्ट सेकेन्डरी स्कुलका प्रिन्सीपल धन बहादुर पुन, तारकेश्वर हिसानका अध्यक्ष लिल बहादुर पुन, तारकेश्वर प्याव्सनका अध्यक्ष एवं लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाल खड्का, लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा खेलप्रेमीहरु, खेलका प्रशिक्षक एवं खेलाडीहरुको सहभागीता रहेको थियो ।
बिजेता खेलाडीहरुलाई नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुलाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल लगायतले बधाई र सुभकामना व्यक्त गर्नुभयो ।



fdgdfg


sdfsfd

fgdfg





fggh


प्रतिक्रिया दिनुहोस्