कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ : नेपाल मेडिकल काउन्सिल

Sagarmatha Post
Sagarmatha Post १७ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं, मंसिर १७ । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श गर्न थालेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले मंगलबार एक विज्ञप्ती जारी गरी त्यस्तो गर्ने चिकित्सकलाई काउन्सिलको नियम अनुसार सजाय हुनेसमेत जनाएको छ । काउन्सिलले विज्ञप्तीमा भनेको छ –‘नेपाल मेडिकल काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्राप्त गरेको डिग्री साईनबोड, ब्रोसर, पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा नेपाल मेडिकल काउन्सिलको गम्भिर ध्यानाकर्षण भएको छ ।’
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले प्रकाशन गरेको विज्ञप्तीमा काउन्सिल नियमावलीले गर्न नहुने भनेको कुरा नगर्न र नगराउन पनि सबैलाई आग्रह गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्