तारकेश्वरमा भोलीदेखि काठमाण्डौं जिल्ला स्तरीय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता हुने

Sagarmatha Post
Sagarmatha Post २१ मंसिर २०८२, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वरमा भोली देखि काठमाण्डौं जिल्ला स्तरीय अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
काठमाण्डौं जिल्ला प्याव्सन र तारकेश्वर नगर प्याव्सनको आयोजनमा हुन गईरहेको प्रतियोगितामा काठमाण्डौं जिल्लाका कक्षा १० सम्मका ३६ छात्रहरुको टिमको सहभागीता रहने छ । प्रतियोगिता तारकेश्वर नगरपालिकाको लालिगुराँस नेश्नल एकेडेमी, एन्जल्स हार्ट मा.वि र हिमरश्मी स्कुलमा सञ्चालन हुनेछन् । प्रतियोगिता बिजेता टिमहरुलाई क्रमस नगद रु ३० हजार, २० हजार र १५ हजार तथा ट्रफि र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रम बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा तारकेश्वर नगर प्याव्सनका इसिए÷सिसिए विभागका संयोजक नवराज न्यौपाने विद्यार्थीहरमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरी उनीहरुमा रहेको बौद्धिक ज्ञान र शिप अभिबृद्धि गदै शारिरीक र मानसिक स्वास्थ्यको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा तारकेश्वर नगरपालिकाबाट लालिगुराँस नेश्नल एकेडेमी, हिमरश्मी स्कुल, ल्याण्डमार्क स्कुल तथा एन्जल्स हार्ट मा.वि र प्रारम्भ वल्ड मध्य एक टिम गरी ४ टिमले प्रतिष्पर्धामा भाग लिनेछन् । काठमाण्डौं जिल्ला प्याव्सनले एक स्थानीय निकाय भित्र सदस्य रहेका १५ विद्यालय बराबर एक टिमका दरले खेलाडीहरु सहभागी हुनु पाउने मापदण्ड बनाएले सदस्य संख्याको आधारमा खेलमा टिमहरुको सहभागीता रहने छन् । जस अनुसार काठमाण्डौं महानगरपालिकाबाट १६ टिम, तारकेश्वरबाट ४, किर्तिपुर नगरपालिकाबाट २, नागार्जुन नगरपालिकाबाट ३, शंखरापुर नगरपालिकाबाट १, टोखा नगरपालिकाबाट ३,बुढानीलकण्ठबाट ३ टिम, कागेश्वरी मनोहरा नगरपालिकाबाट ४ टिम प्रतियोगितामा सहभागी हुंदैछन् ।
यस प्रतियोगितामा काठमाण्डौं जिल्लाका चन्द्रागिरी र शंखरापुर नगरपालिकाबाट भने प्रतियोगितामा सहभागीता नरहने आयोजक काठमाण्डौं जिल्ला प्याव्सनले जनाएको छ ।
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले काठमाण्डौं जिल्ला प्याव्सनले विविध खालका बौद्धिक एवं खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताँउदै विद्यार्थीमा देखिएको उत्साह र कार्यक्रम प्रति देखिएको मोहले यस्ता कार्यक्रम गर्न बल मिलेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै तारकेश्वर नगर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकीले प्रतियोगिता सञ्चालनका लागि सम्पुर्ण तयारी पुरा भईसकेको बताँउदै भोलीदेखि प्रतियोगिता व्यवस्थीत रुपमा सञ्चालन हुने बताउनुभयो । अध्यक्ष बुढाथोकीले प्रतियोगिता सञ्चालनका लागि सहभागी शुल्क प्रति विद्यालय पाँच हजारका दरले तोकिएपनि एक लाख भन्दा बढी रकम अपुग हुने बताँउदै अपुग रकम प्याव्सको काठमाण्डौं जिल्ला कार्यसमितिको कोषबाट व्यहोरीने बताउनुभयो ।
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष तथा खेलकुद संयोजक धन बहादुर पुन, तारकेश्वर नगर प्याव्सनका सचिब जनकराज शर्मा, कोषाध्यक्ष बद्री भट्ट र सह कोषाध्यक्ष टक बहादुर थापा लगायतको उपस्थीति रहेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्