शिवपुरीको कल्लेरीका पशुमा अज्ञात रोगको संक्रमण, खरिद बिक्री नगर्न किसानलाई गाउँपालिकाले गरायो सजग

Sagarmatha Post
Sagarmatha Post २ पुष २०८२, बुधबार
1 Min Read
Aa
default

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ५ मा अज्ञान रोगको संक्रमणका कारण केहि दिन देखि भैसी तथा बाख्राका नवजात पाठापाठी तथा पाढापाढीको मृत्यु भएको छ ।
रोगको संक्रमणका कारण अझै मृत्यु बढेको भन्दै शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले आज विज्ञप्ती प्रकाशन गदै वडा नं ५ स्थित कल्लेरीका पशुचौपाय खरिद बिक्रि नगर्न र नगराउन किसानहरुलाई आग्रह गर्नुभएको छ ।
बिज्ञप्तीमा भनिएको छ “वडा नं ५ स्थित कल्लेरी भन्ने स्थानमा बिगत केहि दिन देखि अकस्मात रुपमा संक्रमण रोग लागि पशु बस्नुत बिरामी तथा साना पाठापानी÷पाढापाढीको मृत्यु समेत भएको र उक्त रोग खोरेल हुन सक्ने शंका भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने पशुपालक किसानले पशु बस्तुको बिक्रि बितरण, खरिदबिक्रि, ओसार पसार जस्ता कार्य नगर्न, नगराउन हुन साथै चरन गराई पानीको मुहान क्षेत्रमा संक्रमण फैलाउने जस्ता कार्य नगर्न नगराउन हुन अनुरोध गरिन्छ”

May be an image of ticket stub and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्