एन्जल्स हार्ट मा.वि मा खेलकुद सप्ताह सम्पन्न, बिजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र बितरण

Sagarmatha Post
Sagarmatha Post ६ पुष २०८२, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एन्जल्स हार्ट मा.वि मा खेलकुद सप्ताह सम्पन्न भएको छ ।
मंसिर १० देखि १३ गते सम्म सञ्चालीत खेलकुद सप्ताहमा विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले बताउनुभयो ।
प्रतियोगितामा छात्र र छात्रा समुहमा बास्केटबल, भलिबल, फुटसल, क्रिकेट, चेस, व्याडमिन्टल छात्र एकल, छात्र डबल र छात्रा डबल खेल खेलाईएको थियो ।
एन्जल्स स्पोर्ट एकेडेमीमा आज आयोजीत विशेष समारोहमा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यष लोकेन्द्र भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र बितरण गरियो ।
एन्जल्स हार्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष लिल बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, एन्जल्स स्पोर्टस एकेडेमीका अध्यक्ष खिम बहादुर थापा, विद्यालयका सञ्चालक यम छन्त्याल लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम एन्जल्स हार्ट सेकेन्डरीका सहायक प्रधानाध्यापक दिल बहादुर छन्त्यालले सञ्चालन गर्नुभएको थियो ।

May be an image of one or more people and text that says '박습한 பட JCL-U12 JCL-U122082 2082 PRES JCH-I पन समारोह पनसमारोहतथा तथा दी सम्मान 2082 あ日 ชล'

May be an image of one or more people and text

dfdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्