सुदुरपश्चीम प्रदेशकै अन्तराष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल सञ्चालनमा आउने

Sagarmatha Post
Sagarmatha Post ८ पुष २०८२, मंगलवार
1 Min Read
Aa
रबिन थपलिया । काठमाण्डौं । सुदुरपश्चीम प्रदेशकै अन्तराष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । Holiday inn by IHG र क्लब चौलानी लिमिटेड बिच आज होटल व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुढानिलकण्ठ स्थीत होलीडे इन रिसोर्टमा आज आयोजना गरिएको कार्यक्रममा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र IGH Hotels and Resorts का दक्षिण एसियाका प्रवन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गर्नुभयो ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार पाँच प्रिमियम सुईट सहित ११५ वटा आधुनिक अतिथि कक्ष रहने यस होटल २२० करोडको लागतमा निर्माण हुने छ । होटलको ४० प्रतिशत निर्माणको काम सम्पन्न भईसकेको र आईपीओको निस्कासनको प्रकृया समेत थालिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्