ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको रौतहटको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि सुचारु

Sagarmatha Post
Sagarmatha Post १६ पुष २०८२, बुधबार
0 Min Read
Aa

ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको रौतहटको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि खुलेको छ । रौतहटको चन्द्रनिगाहपुर-धन्सार बीचमा मंगलबार बिहान करिब ७ बजे पल्टिएको ग्याँस बुलेट २४ घण्टापछि सडकबाट हटाएसँगै राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्