बागमती । काठमाडौं–हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते दिपेन्द्र रोक्का, मकवानपुर : पुस २० काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन भने मृत्यु भएका सबैको शव हेटौंडा अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सौराहा अनलाईन


प्रतिक्रिया दिनुहोस्