शिवपुरी राष्ट्रपति रनिङ शिल्डको उपाधि कुम्भेश्वर माविलाई जानकी र महेन्द्रको पनि उत्कृष्ट प्रदर्शन

Sagarmatha Post
Sagarmatha Post २४ पुष २०८२, बिहीबार
2 Min Read
Aa

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०८२ आज भव्य समारोहका बीच सम्पन्न भएको छ।

शिवपुरी–७ स्थित शिवपुरी रङ्गशालामा पुस २२ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २४ गते औपचारिक रूपमा समापन गरिएको हो। शिवपुरी पालिकाभित्रका विद्यालयबीच भएको प्रतिस्पर्धामा कुम्भेश्वर माध्यमिक विद्यालयले सर्वाधिक स्वर्ण पदक जित्दै समग्र उपाधि हात पारेको छ।

कुम्भेश्वर माविले ७ स्वर्ण, २ रजत र ९ कास्य पदक जित्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको हो।

प्रतियोगितामा जानकी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। जानकी माविले ५ स्वर्ण पदक जित्दा महेन्द्र माविले ४ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरेको छ।

प्रतियोगिताको समापन समारोहमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले विजयी खेलाडी तथा विद्यालयहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो।

​पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष थपलियाले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, शिक्षा अधिकृत पुष्कर राज बिष्ट ,शिक्षा शाखाका धुर्व न्यौपाने ,शिवपुरी ७ का वडा अध्यक्ष वीरबहादुर तामाङ, लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

​विद्यार्थीहरूको खेल प्रतिभा प्रस्फुटन गर्ने र स्थानीय स्तरमा खेलकुदको लहर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

 

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्