रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले प्रवाह गरेको सेवा प्रवाहको उपादेयीता र प्रभावकारी बनाउनका लागि सेवाग्राही सन्तुष्टि सर्भेक्षण सुरु गरेको छ । नगरपालिका र मातहतका कार्यालयबाट हुने सेवाप्रवाहका बारेमा सेवाग्राहीले नगरपालिकाले उपलव्ध गराउने सर्वेक्षण फारम भरेर आफ्नो प्रतिकृया राख्न तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो ।
नगरपालिकाले आज पौष २५ गते देखि तारकेश्वर नगरपालिकाले सेवाग्राही सन्तुष्टि सर्भेक्षण फारमको शुरूवात गरेको हो । नगर प्रमुख कृष्ण हरि महर्जनले सेवाग्राहीलाई फारम दिई सर्भेक्षणको शुरुवात गर्नुभएको हो । नगरपालिकाको कार्यालयबाट सुरुवात गरिएको उक्त सर्भेक्षणको सुरुवात गर्ने क्रममा उप प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शाखा प्रमुखहरु, कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुले आफुले सेवालिएको शाखा, कर्मचारीहरुको सेवाको बारेमा सुझाव सहित फारम भरी नगरपालिकालाई सुझाव दिन सकिने तारकेश्वर नगरपालिकाले जनाएको छ ।



ghgh


प्रतिक्रिया दिनुहोस्