रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभा बाग्मती प्रदेशका पुर्व मन्त्री एवं माननीय शैलेन्द्र बज्राचार्यको प्रमुख आतिथ्यतामा त्रिवेणी ब्याङक्वेटमा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्बोधन गदै पुर्व मन्त्री एवं माननीय शैलेन्द्र बज्राचार्यले सहकारी क्षेत्रमा देखिएको समस्याका कारण यस क्षेत्र निकै शंकटमा रहेको बताँउदै संयमीत रहेर सहकारीको मर्म र भावना अनुसार कार्य सञ्चालन गर्न सुझाब दिनुभयो ।
साधारण सभामा अध्यक्ष सुरेन्द्र महर्जनले संस्थाको बचत र समग्र पुँजीलाई पूर्ण सुरक्षाका साथ उत्पादन र बजारीकरणमा केन्द्रित गरी सदस्यहरुलाई व्यवसायी र रोजगारी बनाउने प्रयत्न गरिएको बताउनुभयो ।
अध्यक्षको प्रतिवेदन पेश गदै महर्जनले यस अघि देखि जारी रहेको छात्रबृत्ति र स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई अझ प्रभावकारी बनाँउदै यसै आर्थिक बर्ष देखि सदस्यको निधन, दुर्घटना र सुत्केरी भएमा संस्थाको बिनियम अनुसार राहत उपलव्ध गराईने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर हिसानका अध्यक्ष लिल बहादुर पुनले सर्वशक्ति सहकारीको साधारणसभाको सफलताको कामना गर्नुभयो ।
साधारण सभामा सहकारीका प्रवन्ध निर्देशक अमर महर्जनले संस्थाको बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक पुर्ण प्रसाद पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान, सहकारीका असल कारोबार गर्नेहरु तथा कर्मचारीहरु सम्मानीत गरिएको थियो भने एसईई छात्रबृत्ति सम्मान समेत गरिएको थियो ।
साधारणसभामा सहकारीका उपाध्यक्ष यम बहादुर छन्त्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिब दिल बहादुर बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


sd


प्रतिक्रिया दिनुहोस्