नेपाली कांग्रेसको विशेष महाधिवेशनआज राति मतदान नहुने

Sagarmatha Post
Sagarmatha Post २९ पुष २०८२, मंगलवार
0 Min Read
Aa

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले साढे ६ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यसपछि बल्ल नयाँ कार्यतालिका आउने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिएका छन् ।उनका अनुसार आज राति मतदान हुने सम्भावना छैन । भोलि बिहानदेखि बल्ल मतदान शुरु हुनेगरी कार्यतालिका आउने अपेक्षा गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्