रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एन्जल्र्स हार्ट मा.वि को ३५ औं अविभावक दिवस (जुनियर ) सम्पन्न भएको छ । हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माको प्रमुख आतिथ्यतामा आज विद्यालयमा विभिद कार्यक्रमहरुको आयोजना गदै अविभावक दिवस सम्पन्न भएको हो । एन्जल्स हार्ट ऐजुकेसन फाउण्डेसनका अध्यक्ष लिल बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याव्सनका केन्द्रीय सचिवालय सदस्य एवं ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का, प्याव्सन काठमाण्डौं जिल्लाका उपाध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक धन बहादुर पुन, विद्यालयका उपाध्यक्ष यम बहादुर छन्त्याल, फाइनान्स डाइरेक्टर समिर राज भण्डारी, एन्जल्स हार्ट सेकेन्डरी स्कुलका प्रधानाध्यापक एवं तारकेश्वर प्याव्सनका सह कोषाध्यक्ष टक बहादुर थापा, विद्यालयका निर्देशक प्रेम माया पुर्जा, एन्जल्स स्पोर्टस एकेडेमिका अध्यक्ष खिम बहादुर थापा, सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, छिमेकी टोल सुधार समिति तथा महिला समुहका अध्यक्ष एवं प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
अविभावक दिवसलाई उदघाटन गदै हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले एन्जल्स हार्ट स्कुलले शैक्षिक विकासमा निकै ठुलो योग्दान दिएको बताँउदै शिक्षाका साथै अतिरिक्त कृयाकलापमा समेत विद्यालयको योग्दान प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक एवं विद्यालयका अविभावक खडानन्द सापकोटाले प्रविधिको विकाससंगै बालबालीकाको शैक्षिक स्तर बृद्धिका लागि अविभावकहरु स्मार्ट बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृति प्रस्तुती, विज्ञान प्रर्दशनी, नाटक लगायतका प्रस्तुतीहरु राखेका थिए ।





ffghgh


प्रतिक्रिया दिनुहोस्