नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ जना कार्यकर्तालाई पार्टीबाट निष्कासन

Sagarmatha Post
Sagarmatha Post १० माघ २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा उम्मेदवारी दिएको तथा समर्थन र प्रचार–प्रसारमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार पार्टी निर्णय र निर्देशनको अवज्ञा गरेको ठहर गर्दै पार्टी विधानको दफा १०६ बमोजिम उनीहरूलाई अनुशासनात्मक कारबाही स्वरूप निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद के.सी. (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवछ साह (सिरहा) रहेका छन्।पार्टीले आगामी दिनमा पार्टी निर्णय विपरीत गतिविधि नगर्न सबै नेता–कार्यकर्तालाई सचेत गराउँदै पार्टी अनुशासन कडाइका साथ लागू गरिने जनाएको छ। विज्ञप्तिमा सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर रहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्