जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका १९४ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ। जिल्लामा रहेका कुल ३२२ मतदानस्थलमध्ये १९४ वटा अति संवेदनशील, १०६ वटा संवेदनशील र २२ वटा सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धनुषामा कुल ६४५ मतदान केन्द्र रहेका छन्। खुला सीमा नाका, मतदाताको संख्या धेरै हुनु, तथा विगतका निर्वाचनका क्रममा देखिएका विभिन्न समस्यालाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।
धनुषा जिल्लाका १९४ मतदानस्थल अति संवेदनशील


प्रतिक्रिया दिनुहोस्