शेयरबजार परिसूचक नेप्सेमा तेस्रो दिन ४२.५८ अंकले गिरावट

Sagarmatha Post
Sagarmatha Post १३ माघ २०८२, मंगलवार
1 Min Read
Aa

शेयरबजार परिसूचक नेप्सेमा तेस्रो दिन गिरावट आएको छ। अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन ४२.५८ अंकले घट्दै २ हजार ७२६.५१ बिन्दुमा झरेको छ।बजारमा गिरावटसँगै कारोबार रकममा समेत कमी आएको छ। यस दिन १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ। अघिल्लो दिन नेप्से ३ अंकले घट्दा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटै उपसूचक ओरालो लाग्दा बजार पूरै राताम्य बनेको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ। यद्यपि म्युचुअल फन्ड समूहको उपसूचक भने प्रायः स्थिर देखिएको छ। कारोबारमा सहभागी २२४ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ३४ कम्पनीको मात्र शेयर मूल्य बढेको नेप्सेको तथ्यांक छ। आज सबैभन्दा बढी राधी जलविद्युत कम्पनीको ५७ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा किनबेच भएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्