जमलमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा एक जना घाइते

Sagarmatha Post
Sagarmatha Post १३ माघ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं, काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।दुर्घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए। उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो, जुन हाल नियन्त्रणमा आइसकेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्