काठमाडौँ, काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागी भएपछि काठमाडौँ र ललितपुरबाट पुगेका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली परिचालित छ भने आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण र आगलागीको कारणबारे थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी


प्रतिक्रिया दिनुहोस्