संसद विघटनको रिटमा माघ २८ गते संवैधानिक इजलासमा सुनुवाइ हुने

Sagarmatha Post
Sagarmatha Post २० माघ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनहरूमा माघ २८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि मंगलबारका लागि साधारण तारेख तोकिएकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो। तर सर्वोच्च अदालतको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षसँग लिखित जवाफ माग गरेको थियो। तर सबै सम्बन्धित निकायबाट लिखित जवाफ प्राप्त नभएकाले सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन दर्ता भएका छन्। अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै जारी गरिसकेको छ। उक्त आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुनेछ।संसद् विघटनविरुद्ध प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस तथा विभिन्न कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्